वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा इङ्गल्यान्ड एक पारी र १ सय १४ रनले विजयी

 असार २८, २०८१ शुक्रबार १८:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्रिकइन्फाे

काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली इङ्गल्यान्ड एक पारी र १ सय १४ रनले विजयी भएको छ । योसँगै तीन खेलको टेस्ट शृङ्खलामा इङ्गल्यान्डले १–० ले अग्रता बनाएको छ ।

दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३६ रनमा अलआउट भएपछि तेस्रो दिन नै पराजित भएको हो । वेस्ट इन्डिजका गुदाकेश मोटीले नट आउट ३१ रन बनाए । इङ्गल्यान्डका गस एटकिन्सनले ५, जेम्स एन्डरसनले ३ र कप्तान बेन स्टोक्सले २ विकेट लिए ।

यसअघि लर्ड्समा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज पहिलो पारीमा १ सय २१ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजका मिकेल लोयुसले सबैभन्दा धेरै २७ रन बनाएका थिए । इङ्गल्यान्डका गस एटकिन्सनले ७ विकेट लिएका थिए ।

इङ्गल्यान्डले पहिलो पारीमा ३ सय ७१ रन बनाएको थियो । इङ्गल्यान्डका ज्याक क्रली, ओले पोप, जोए रुट, ह्यारी ब्रुक र जेमी स्मिथले अर्धशतक बनाएका थिए । वेस्ट इन्डिजका जेडन सिल्सले ४ तथा जेसन होल्डर र गुदाकेश मोटीले समान २ विकेट लिएका थिए ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया