मनसुन भित्रिएयता १ सय ४ जनाकाे ज्यान गयाे

 असार २८, २०८१ शुक्रबार १८:६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गएराति गएकाे पहिराे, तस्बिर : रासस

काठमाण्डाै – मनसुन भित्रिएयता बाढी, पहिरो, चट्याङलगायतका विपद्का घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय चार जना पुगेको छ ।

पहिरोका कारण पछिल्लो २४ घण्टामा मात्रै १६ जनाको ज्यान गएको हो । जसमा पोखराको दुई ठाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका सातसहित ११ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेपछि एक सय चार जनाको ज्यान गएको हो ।

प्रहरीका अनुसार काठमाण्डाै उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा छ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा सात जनाको ज्यान गएकाे छ ।

यस्तै विपद्का घटनामा परेर यस अवधिमा एक सय नौ जना घाइते भएका छन् । पहिरो र बाढीमा परेका छ जना हराइरहेका छन् । चितवनमा बिहान बगेका दुई वटा बसमा रहेका यात्रुको सङ्ख्या भने यकिन भइसकेको छैन ।

मनसुन भित्रिएपछि विपद्का घटनाबाट तीन हजार पाँच सय ४७ घरपरिवार विस्थापित भएका छन् । मौसम पूर्वानुमान महाशाखाले भोलि बिहानसम्म देशका पूर्वी र मध्य भागमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया