त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात

 असार २९, २०८१ शनिबार ६:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा हिजो बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो दिनभर खोजे पनि नभेटिएपछि राति खोजी कार्य स्थगित गरिएको र आज बिहानैदेखि फेरि खोजी हुने चितवन प्रहरीले जनाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट तीन, चार किलोमिटर तलसम्म खोज्दा पनि नभेटिएको जानकारी दिनुभयो । उहाँले नदीमा पानीको प्रवाह उच्च र धमिलो भएका कारण खोज्न समस्या भएको बताउनुभयो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स  बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । उहाँकाअनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो ।

सिमलतालमा हिजो बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाण्डौको लागि छुटेको एञ्जल डिलक्स बस र काठमाण्डौबाट गौरको लागि छुटेको गणपति डिलक्स बस पहिरोमा परेका हुन् । दुवै बसमा गरेर कम्तिमा ५० जना यात्रु रहेको अनुमान गरिए पनि यकिन विवरण प्राप्त भैनसकेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया