काठमाण्डौका विभिन्न ठाउँमा आज तीनदेखि छ घन्टा विद्युत अवरूद्ध हुने

 असार २९, २०८१ शनिबार ९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज काठमाण्डौका विभिन्न ठाउँमा तीनदेखि छ घन्टा विद्युत अवरूद्ध हुने भएको छ । रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित ठाउँहरूमा विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सिंहदरबार २ फिडर अन्तर्गत पर्ने सिंहदरबार परिषरभित्रका सबै मन्त्रालय, सिंहदरबारको दक्षिणी गेट बाहिर जिल्ला समन्वय समिति क्षेत्र लगायतका ठाउँहरुमा दिउँसो ३ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । ती क्षेत्रमा नयाँ लाइन जोड्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशनबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपरमार्केट मार्केट अगाडिसम्म टेकु वंशीमार्ग, सुकुम्बासी बस्ती जाने बाटो लगायतका क्षेत्रहरूमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ ।

ती क्षेत्रहरूमा भूमिगत केबल चार्जका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने प्राधिरकरणले जनाएको छ ।  

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया