प्रधानमन्त्रीमा ओलीको नियुक्ति र शपथ भोलि हुने

 असार २९, २०८१ शनिबार ९:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोलि मात्र प्रधानमन्त्री नियुक्त गर्नुहुने भएको छ । हिजो राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुभएको थियो ।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि भोलिसम्मको समयसीमा दिएर आह्वान गर्नुभएको थियो ।

लगत्तै एमाले र कांग्रेसले प्रधानमन्त्रीमा ओलीको दाबी पेस गरेका हुन् । हिजो दाबी पेस भए पनि भोलि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइने शितल निवासको तयारी छ । कांग्रेस र एमालेका नेताहरुकाअनुसार भोलि नै सानो आकारको मन्त्रिपरिषद बन्नेछ । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया