११ महिनामा वाणिज्य बैंकहरुको नाफा करिब साढे ५६ अर्ब रुपैयाँ

 असार २९, २०८१ शनिबार ९:६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म वाणिज्य बैंकहरुको नाफा झण्डै साढे ५६ अर्ब रुपैयाँ रहेको छ । २० वटा वाणिज्य बैंकहरुले यो ११ महिनामा कुल ५६ अर्ब ४८ करोड ४ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

सबैभन्दा बढी नबिल बैंकले ६ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले ५ अर्ब ९ करोड ३ लाख रुपैयाँ तथा नेपाल इन्भेस्टमेन्ट बैंकले ४ अर्ब ३८ करोड १३ लाख रुपैयाँ नाफा कमाएका छन् । जेठसम्म प्राइम बैंकले ३ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ र एभरेष्ट बैंकले ३ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको जेठसम्म सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । यो बैंकले ११ महिनामा १ अर्ब ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अधिक तरलताका कारण बैंकहरुको नाफा घट्दो क्रममा रहेको छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया