दक्षिणकालीको थाई गुम्बाको पर्खाल भत्किँदा पुरिएका ६ जनामध्ये एक जना बालिकाको ज्यान गयो

 असार २९, २०८१ शनिबार ९:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नम्बर ५ डोल्लुमा रहेको थाई गुम्बाको पर्खाल भत्किँदा घाइते भएका ६ जनामध्ये एक जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँच वर्षीया पल्जोम तामाङ रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् एसएसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

बालिकाको दक्षिणकालीकै मनमोहन अस्पतलामा उपचारका क्रममा ज्यान गएको हो ।  घाइते हुने अन्य बालिकाहरुमा १२ वर्षीया पासाङ डोल्मा तामाङ, ११ वर्षीया स्याङ्बो शेर्पा, १० वर्षीया सुनिता तामाङ, ८ वर्षीया ममता तामाङ र ८ वर्षीया मनकुमारी तामाङ रहेका छन् । उनीहरुको ५ जनाको  उपचार बल्खुको बयोधा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबै गुम्बामा बसेर पढ्दै आएका आनीहरु रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया