दाङमा जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई जना बिरामी

 असार २९, २०८१ शनिबार ११:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दाङमा जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई जना गम्भीर बिरामी परेका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर २ अमुवाकी २६ वर्षीया मिना न्यौपानेले हिजो बेलुका नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा मिना र उहाँका ससुरा ४५ वर्षीय ज्ञानु जैसी न्यौपाने गम्भीर बिरामी पर्नुभएको हो ।

उपचारपछि आज बिहानसम्म बुहारीको होस खुले पनि ससुराको अवस्था भने अझै अचेत छ । उनीहरुको तुलसीपुरमा रहेको राप्ती लाइभ कियर हस्पिटलमा राखेर उपचार भइरहेको छ ।     

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया