नयाँ सत्ता समीकरणसँगै शेयर बजारमा सुधार

 असार २९, २०८१ शनिबार १२:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नयाँ सत्ता समीकरणसँगै शेयर बजारमा सुधार भइरहेको छ । गएको १६ गते शेयर बजार परिसूचक नेप्से २ हजार ३७ दशमलव ०९ विन्दुमा रहेकोमा काँग्रेस–एमाले समीकरणको चर्चासँगै १७ गतेदेखि बढ्न थालेको हो । गएको बिहीवार नेप्से दुई हजार दुई सय चार दशमलव ६१ विन्दुमा पुगेको छ ।

सत्ता समीकरण फेरिएसँगै शेयर बजारमा नीतिगत सुधार हुने अपेक्षाले लगानीतर्फ आकर्षित भएका पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले बताउनुभयो । नेपाल राष्ट्र बैंकले २०७८ साल भदौ ८ गते ल्याएको मौद्रिक नीतिमार्फत नेपाली पुँजीबजारलाई नियन्त्रण गर्ने र बैंकिङ शेयर कर्जामा क्याप लगाउने जस्ता व्यवस्थाले प्रभावित भएको पुँजीबजार अहिलेसम्म माथि उठ्न सकेको छैन ।

२०७८ साल भदौ ३ गते ३२ सय अङ्क पार गरेको नेप्से त्यही दिनदेखि ओरालो लाग्न थालेको थियो । ३२ सय अङ्कमा पुग्दा पुँजीबजारमा सूचीकृत धितोपत्रको कुल मूल्य ४४ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा अहिले ३४ खर्ब ९६ अर्बमा छ ।

अहिले पनि वास्ताविक लगानीकर्ताले शेयर बजारमा लगानी गर्न नसकेका विज्ञहरु बताउँछन् । अबको मौद्रिक नीतिमा विगतमा गरेका गल्ती सच्याउँदै पुँजीबजारलाई नियन्त्रणमुखी नीति खारेज गर्न आवश्यक रहेको उद्योगी विनोद चौधरीले बताउनु भयो ।

अध्यक्ष पोखरेलले राष्ट्र बैंकले १५/२० करोडको सीमालाई खारेज, जोखिम भारलाई १०० प्रतिशत कायम गर्नसके मात्रै पनि पुँजीबजार लगानीकर्ता उत्साहित हुने बताउनु भयो ।   

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया