वर्षाका कारण सडक यात्रा कष्टपूर्ण, ठूलो पानी परेका बेला सडक बन्द गर्न विज्ञको सुझाव

 असार २९, २०८१ शनिबार १२:२१:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बितेका दुई हप्तादेखि कष्टपूर्ण भइरहेको सडक यात्राकाबीच हिजो दुई वटा बस त्रिशूलीमा खसेपछि यात्रा सुरक्षाबारे चिन्ता बढेको छ । सडक विभागकाअनुसार मनसुन भित्रिएलगत्तै विभिन्न सडकहरुमा अबरोध शुरु भएको हो ।

मनसुन भित्रिए यता बाढीपहिरोले दुई सय ५८ वटा सडकमा क्षति पुगेको छ । तीमध्ये एक सय २० वटा सडक सञ्चालनमा आएका छन् । त्यस्तै, एक सय २२ वटा सडक एकतर्फी मात्रै सञ्चालन भइरहेका छन् भने १६ वटा अवरुद्ध छन् । यी राजमार्ग अन्तर्गत बाहेका अरु ग्रामिण सडकहरुको अबस्था झनै कष्टपूर्ण छ ।

राजमार्गहरुमा अवरोध पन्छाउन चाँडै प्रयास हुने भए पनि अन्य सडकमा लामो समय अबरोध रहन्छ । बाढी र पहिरोका कारण यात्रा जोखिमपूर्ण छ भने अबरोध हुँदा घण्टौँसम्म सडकमै बस्नुपर्छ । भू–विपद् विशेषज्ञ रञ्जनकुमार दाहाल नारायणगढ–मुग्लिन लगायतका धेरै सडक पर्याप्त भौगोलिक अध्ययन नगरी बनाएका कारण जोखिमपूर्ण रहेको बताउनुहुन्छ ।

भीर काटेर बनाइएका सडकमा जोखिम हुने भएकोले अत्यधिक पानी परेको बेला सडक बन्द गर्नु उचित हुने उहाँको सुझाव छ । अत्यधिक पानी पर्दा के–कस्तो समस्या आउँछ भन्ने विषयमा दाहालले अध्ययन पनि गर्नुभएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले एक घण्टामा एक सय ५० मिलिमिटर भन्दा बढी पानी परेमा मुग्लिन–नारायणगढ सडक बन्द गर्नुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया