प्यूठानको मुल्पानीका मधुप्रसाद पोख्रेलद्वारा २ सय जना विद्यार्थी र शिक्षकलाई शैक्षिक सामग्री सहयोग

 असार २९, २०८१ शनिबार १२:३२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर–२ मुल्पानीका मधुप्रसाद पोख्रेलले झण्डै २ सय जना विद्यार्थीलाई कापी कलम सहयोग गर्नुभएको छ ।

पोख्रेलले हिजो भएको एक कार्यक्रममा कमेरपानी आधारभुत विद्यालयका शिशु कक्षादेखि ८ कक्षासम्मका झण्डै दुई सय जना विद्यार्थीलाई कापी कलम तथा शिक्षकहरुलाई पनि आवश्यक शैक्षिक सामग्री सहयोग गर्नुभएको प्रधानाध्यापक तुलसीराम खत्रीले जानकारी दिनुभयो ।

पोख्रेलले गरेको सहयोगले कापी कलम जुटाउन नसकेर समस्यामा परेका धेरै विद्यार्थीलाई राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर खड्काले बताउनुभएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया