त्रिशूली नदीमा उद्धार तथा खोजीमा खटियो त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम

 असार २९, २०८१ शनिबार १५:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिशूली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको दुई वटा बस र यात्रुको खोजी तथा उद्धार कार्यका लागि जुटेको छ । साहसिक खेल मात्र नभइ उद्धार कार्यमासमेत खटिने भएकाले कायकलाई रिभर एम्बुलेन्ससमेत भनिन्छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान झन्डै ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ जना यात्रु बेपत्ता भएका छन् । जसको खोजीका लागि सरकारी तथा गैरसरकारी टोली खटिएका छन् ।

बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि मलेखुको रिभरसाइड रिसोर्टबाट पाँच वटा कायाकसहित छ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ । सिमलतालबाट गाइघाटसम्म नदीको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य भइरहेको रिसोर्ट सञ्चालक उद्दव कँडेलले बताउनुभयो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया