थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने

 असार २९, २०८१ शनिबार १५:२१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – थानकोट–चित्लाङ सडक साउनको २० गतेसम्म बन्द हुने भएको छ । सेतो पहरो क्षेत्रमा एक महिनादेखि विहान १० देखि बेलुका ५ बजेसम्म सडक बन्द गरेर उच्च ग्रेड कम गर्ने र साँघुरो ठाउँमा फराकिलो बनाउने काम भइरहेको छ ।

कडा चट्टानका कारण सडकको काममा ढिलाइ भएकोले आउँदो साउन २० गतेसम्मको लागि थानकोट–चित्लाङ सडक बन्द हुने सडक डिभिजन काठमाण्डौले जनाएको छ ।

अब साउनको २० गतेसम्म बैकल्पिक बाटोको प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन काठमाण्डौले आग्रह गरेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया