चितवनको गोलाघाटमा नारायणी नदी किनारमा एक जना पुरूषको शव भेटियो

 असार २९, २०८१ शनिबार १५:३७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका– २८ गोलाघाटको नारायणी नदी किनारमा एक जना पुरूषको शव भेटिएको छ । भारतीय नागरिक ऋषिपाल साहको शव नदी किनारामा भेटिएको चितवनका प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभएको छ ।

मृतक घोप्टो परेको र आधा शरीर बालुवामा पुरिएको अवस्थामा भेटिएका छन् । उनको साथमा भेटिएको बैंकको एटीएम कार्ड र आधार कार्डबाट परिचय खुलेको हो । उनी हिजो सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका यात्रु रहेको अनुमान छ । तर मृतक साह कुन गाडीमा सवार थिए भन्ने खुलेको छैन ।

भेटिएको शव आफ्ना दाइका भएको भन्दै एकजना भारतीय युवा शव भेटिएको ठाउँमा पुगेका थिए । भेटिएको शव सिमलतालबाटै खसेका बसका यात्रुको हो कि होइन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मुग्लिन–नारायणघाट सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा हिजो बिहानले पहिरोले बस बगाएर त्रिशुली नदीमा पुर्‍याउँदा कम्तिमा ४८ जना यात्रु बेपत्ता भएका छन् । प्रहरीले विभिन्न प्रविधि र उपकरण प्रयोग गरेर खोजी जारी राखे पनि बस र यात्रु भेटिएका छैनन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया