योगदान, योग्यता तथा प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने कांग्रेसको निर्णय

 असार २९, २०८१ शनिबार १८:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने भएको छ ।

आज पार्टी मुख्यालय सानेपा ललितपुरमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।

यसमा प्रादेशिक सन्तुलन र समावेशिताको आधार पनि हेरे सरकारमा जाने मन्त्रीको छनोट गर्ने बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यस्तै त्रिशूली नदीमा दुई वटा बस खस्दा हराएकाको खोजीलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ । कांग्रेसले सडक दुर्घटनाको अवस्था अन्त्य गर्न पर्याप्त अध्ययन गरी आवश्यक कानूनी व्यवस्थाका लागि पहल गर्ने जनाएको छ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया