गैँडाकोट तर्फ नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिए

 असार २९, २०८१ शनिबार १८:३०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पूर्वी नवलपरासीको गैँडाकोट तर्फ नारायणी नदीमा दुईवटा बेवारिसे शव भेटिएका छन् ।

गैँडाकोट नगरपालिका–७ गैरी मा नारायणी नदीको बीच भागको टापुमा नदीले बगाएर ल्याएको परिचय थाहा नभएका दुई वटा शव भेटिएका परेका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । नदीमा अन्दाजी २५ र ३० वर्षीय पुरुषको शव भेटिएका हुन् ।

भेटिएका शव नारायणगढ–मुग्लिन सडकको सिमलतालमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान प्रहरीले गरेको छ । सिमलताल घटनामा हराइरहेका यात्रुको खोजी कार्य जारी छ ।

यसअघि चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएको बसका एक जना यात्रुको शव भेटिएको थियो । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया