राष्ट्रपतिले बेलुका ५ बजेपछि मात्रै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने

शेखर–गगन समूहले कम्तीमा ४ जना मन्त्री माग्यो

 असार ३०, २०८१ आइतबार १५:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले आज बेलुका ५ बजेपछि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने भएको छ ।

आज बेलुका ५ बजेसम्म सरकार गठनका लागि दिएको समय नै बाँकी रहेको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समयसीमा सकिएपछि मात्रै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा ओलीले गएको शुक्रवार नै प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । नयाँ प्रधानमन्त्रीको नियुक्ति आजै हुने भए पनि शपथ कार्यक्रम भने भोलि हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

यसैबीच नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले कम्तीमा चार जना मन्त्री माग गरेको छ । कोइरालाको निवास विशालनगरमा बसेको बैठकले नयाँ सरकारमा कांग्रेसले जति जना मन्त्री पाए पनि चार जना आफ्नो समूहका हुनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकले समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया