ललितपुर महानगरले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

 असार ३०, २०८१ आइतबार १५:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ ।

महानगरपालिकाको प्रहरी बलले आज बिहान नाै वटा घर टहरा भत्काइदिएको छ । सरकारी जग्गामा बनाइएका घर टहरा हटाउन ललितलपुर महानगरले गएको असार २१ गते नै सूचना दिइसकेको थियो । अटेरी गरेकाले आज भत्काइएको नगर प्रहरीले जनाएको छ ।

उनीहरू २० वर्षभन्दा लामो समयदेखि सरकारी जग्गा ओगटेर बसेका पनि प्रहरीले जनाएको छ ।

तस्बिर : नगर प्रहरी बल

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया