अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद्

 असार ३१, २०८१ सोमबार ८:१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मनसुनी वायु कमजोर भएकाले अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना छैन । तर केही ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँले जानकारी दिनुभयो ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको नियमित मौसम बुलेटिनमा आज बेलुकी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उल्लेख छ । तर अघिल्लो हप्तातिर जस्तो देशभर एकसाथ ठूलो पानी पर्ने सम्भावना अबको तीन दिन नरहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ ।

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया