प्रधानमन्त्रीको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट

 असार ३१, २०८१ सोमबार ११:५५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रधानमन्त्रीको नियुक्ति कानुनअनुसार नभएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको  छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार गठन हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको हो ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेर संविधानकै धारा मिचेको रिट दायर गर्ने अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताको दाबी छ । एउटा धाराबाट प्रधानमन्त्री नबन्ने भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था रहेकोमा राष्ट्रपतिबाटै संविधानको उल्लंघन भएको रिटमा जिकिर गरिएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया