स्कटल्यान्ड र इङ्गल्यान्डसँगकाे शृङ्खलाका लागि अस्ट्रेलियाकाे टाेली घाेषणा

 असार ३१, २०८१ सोमबार १५:३३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्गल्यान्डसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि युवा खेलाडी समेट्दै टोली घोषणा गरेको छ ।

डेभिड वार्नरले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अस्ट्रेलियाले २२ वर्षीय जेक फ्रेजर म्याकगर्कलाई एकदिवसीय र टी–२० टोलीमा समेटेको छ । यस्तै अर्का २० वर्षीय कुपर कोनोली टी–२० टोलीमा अटाएका छन् ।

भारतसँग आउँदो नोभेम्बरमा शुरु हुने ५ खेलको बोर्डर–गाभस्कर टेस्ट शृङ्खलालाई ध्यानमा राख्दै टेस्ट टिमका कप्तान प्याट कमिन्सलाई एकदिवसीय र टी–२० शृङ्खलामा आराम दिइएको छ । मिचेल मार्श एकदिवसीय र टी–२० टिमका कप्तान रहने छन् । यस्तै म्याथ्यु वेडलाई टिमबाट बाहिर राखिएको छ भने एलेक्स केरी, नाथन एलिस, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट र मिचेल स्टार्कलाई टी–२० टिमबाट बाहिर राखिएको छ ।

अस्ट्रेलियाले स्कटल्यान्डसँग ३ खेलको टी–२० शृङखला तथा इङ्गल्यान्डसँग ५ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्नेछ ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया