बससँगै त्रिशूली नदीमा हराएका ६२ मध्ये १३ जनाको शव भेटियो

 असार ३१, २०८१ सोमबार १५:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । सनाखत भएका आठमध्ये तीन वटा शव भारतीय नागरिकका हुन् । अरू मृतक नेपाली नागरिक हुन् ।

हराइरहेका अरू यात्रु तथा दुवै बसको खोजी कार्य आज पनि चलिरहेको छ । खोजीका लागि आज उच्च प्रविधिको सोनार डिभाइस पनि प्रयोग भइरहेको छ । यो डिभाइसले साउन्ड वेभमार्फत पानीमुनि दुई सय मिटर तलसम्मको वस्तु देख्न सक्ने सशस्त्र प्रहरी बलले जनाएको छ ।

काठमाण्डौबाट गौरतर्फ र वीरगञ्जबाट काठमाण्डौतर्फ गुडिरहेका दुई वटा बसलाई शुक्रवार बिहानै पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेका थिए । ती बसमा कम्तीमा ६५ जना यात्रु चढेका जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । ६५ जनामध्ये काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए ।

आज बिहान भेटिएका चारमध्ये दुई वटा शव गण्डक नहरको भारततर्फको क्षेत्रमा भेटिएका हुन् । अहिले घटनास्थलभन्दा ५० किलोमिटर तलसम्म खोजी भइरहेको छ । खोजीका लागि र्‍याफ्टिङ बोट, दुरबिन र पानीभित्र हेर्न मिल्ने खालका क्यामेराहरू जडान गरिएका उपकरण पनि प्रयोग गरिएका छन् । तर पानी धमिलो भएकाले पानीभित्र हेर्ने क्यामरा खासै उपयोगी नभएको खोजकर्ताहरूको भनाइ छ । आज प्रयोग भएको सोनार डिभाइसले तरङ्गमार्फत वस्तु पहिल्याउन सक्ने भएकोले सहयोगी हुने अपेक्षा छ ।

अन्तिम अपडेट: भदौ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया