प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

 असार ३१, २०८१ सोमबार १५:५६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री ओली सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशका क्रममा । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्नुभएको छ । आज पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गर्नुभएको हो ।

त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरमा रहेकाे शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गर्नुभएको थियो । साथै उहाँ पार्टी केन्द्रीय कार्यालय ललितपुरकाे च्यासल पनि पुग्नुभएको थियो ।

यस्तै अहिले नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्ने क्रम चलिरहेकाे छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया