राष्ट्रिय राजमार्गका १८ वटा सडक पूर्णरूपमा अवरुद्ध

 असार ३१, २०८१ सोमबार १८:२७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका ठाउँमा लेदोसहित ढुङ्गा झरेर अवरुद्ध भएको सडक आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।

वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । यस वर्ष बर्खा शुरु भएपछि राष्ट्रिय राजमार्गका दुई सय ८४ ठाउँमा अवरोध भएकोमा एक सय २६ ठाउँको अवरोध पूर्णरूपमा हटेको छ । एक सय ४० ठाउँमा अहिले पनि एकतर्फी मात्रै गाडी चलिरहेका छन् भने १८ वटा सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

यसैबीच अहिले देशको पूर्वी तथा मध्य क्षेत्रको केही ठाउँमा सामान्य वर्षा भइरहेको छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी, बाग्मती र गण्डकी  प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया