सिमलताल घटना : बेपत्ता बस र यात्रुको खोजीका लागि भारतबाट विज्ञ ल्याइने

 साउन १, २०८१ मंगलबार ६:२४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बस र धेरैजसो यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउने भएको छ ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले भारतबाट विज्ञसहितको उद्धार टोली ल्याउन हिजो नै परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिनुभयो । गाडीको अवस्था पत्ता लाग्न नसकेकाले अन्तर्राष्ट्रिय विज्ञ टोली नै मगाएर खोजी गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

गृह मन्त्रालयका अनुसार अहिले पनि पाँच सय जना सुरक्षाकर्मी परिचालन गरेर नेपालमा भएका सबै प्रविधिको प्रयोग गरी खोजी भैरहेको छ । गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौरका लागि छुटेको गणपति डिलक्स बस सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएका थिए । ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

हिजोसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला परेका छन् । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन् । नवनियुक्त गृहमन्त्री रमेश लेखकले यो दुर्घटनाको अध्ययन गर्न एक कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई १० दिनको समय दिइएको छ ।     

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया