दक्षिण अफ्रिकाको जङ्गलमा डढेलो : ६ जना अग्नि नियन्त्रकसहित १४ जनाको ज्यान गयो

 साउन १, २०८१ मंगलबार ७:२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको ज्यान गएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

पिटरमारिट्जबर्ग शहरबाट झन्डै ४० किलोमिटर टाढा शिकारीले शुरु गरेको आगोबाट डढेलो फैलिएको अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । प्रतिकूल मौसमका कारण आगो निभाउन समस्या भइरहेको छ । सुक्खा, तातो र हावाको अवस्थाका कारण आगलागीको जोखिमको चेतावनीका बीच जुलाई ६ यता क्वाजुलु–नातालका विभिन्न भागमा डढेलो लागेको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया