विपदजन्य घटना : गएको जेठ २८ यता ज्यान गुमाउनेको सङ्ख्या १ सय १३ जना पुग्यो

 साउन १, २०८१ मंगलबार ९:०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदका घटनामा परी गएको जेठ २८ यता एक सय १३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोलगायतका घटनामा काठमाण्डौ उपत्यकामा दुई, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उपत्यकामा आठ, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी एक सय १९ जना घाइते भएका छन् ।

अहिलेसम्म चितवनको सिमलताल बस दुर्घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । सिमलतालमा भएको घटनामा हिजोसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया