युएसएड यात्रा सम्पन्न

 साउन १, २०८१ मंगलबार ९:३७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – लुम्बिनी प्रदेशबाट शुरु भएको युएसएड यात्रा काठमाण्डौको कीर्तिपुरमा आएर सम्पन्न भएको छ । नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) को दुई हप्ताअघि यात्रा शुरु गरेको थियो ।

यही असार १९ गतेदेखि कपिलवस्तुको वाणगङ्गाबाट शुरु भएको यात्रा बुटवल, दाङको लमही, कोहलपुर, नेपालगञ्ज, काठमाण्डौको भृकुटीमण्डप तथा ललितपुरको जावलाखेलमा सम्पन्न भएपछि हिजो कीर्तिपुरको पांगामा आयोजना गरिएको हो ।

विभिन्न कलाकारको प्रस्तुतिका साथै विभिन्न खेल जस्तै ‘स्पिन द ह्विल’, हाजिरीजवाफ लगायत मनोरञ्जनका कार्यक्रम आयोजना गरिएका थिए । खेलमा सहभागिता जनाउने अधिकांश युवाहरु तथा सांगीतिक कार्यक्रममा सबै उमेर समूहका दर्शक सहभागी थिए ।

युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमबारे जानकारी दिन यात्रा शुरु गरिएको हो । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रमा राष्ट्रिय र स्थानीयस्तरका विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । यस्तो यात्रा भने पहिलो पटक गरेको हो । 

अन्तिम अपडेट: भदौ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया