आज एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना : आकस्मिक बाढीको जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह

 साउन १, २०८१ मंगलबार ९:३०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज दिउँसो गण्डकी प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव छ ।

आज काठमाण्डौ उपत्यकासहित देशभरको मौसम बदली रही हल्कादेखि मध्यम पानी पर्ने र एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाँउमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो ।

आजराति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो पानी पर्ने क्षेत्रमा रहेका स–साना नदीमा आकस्मिक बाढीको जोखिम हुनाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आज सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, बाजुरा, बझाङ, दार्चुला र आसपासका जिल्ला भएर बग्ने साना नदीमा बहाव बढ्ने तथा केही नदीमा आकस्मिक बाढीकोसमेत जोखिम रहेको महाशाखाले जनाएको छ ।

 

अन्तिम अपडेट: भदौ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया