बेइजिङ र मस्कटमा लगानी प्रवर्द्धन कार्यक्रम

 साउन १, २०८१ मंगलबार १८:३६:१८ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा लगानीका अवसरबारे जानकारी दिन चीनको बेइजिङ र ओमानको मस्कटका नेपाली दूतावासले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

गएको आइतबार बेइजिङको नेपाली दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवम् सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क भएको पूँजी परिचालन गर्न आग्रह गर्नुभयो ।

चीन समुद्रपार विकास सङ्गठनका उपमहासचिव वाङ केविनले नेपालका निम्ति चीन सबैभन्दा ठूलो लगानीकर्ता देश भएको उल्लेख गर्दै त्यसबाट सयौँ नेपालीले रोजगारी पाएका बताउनुभयो । गएको वैशाखमा नेपालमा आयोजित लगानी सम्मेलनमा भाग लिनुभएकी उहाँले दुई देशबीच सहकार्य र साझेदारीका प्रशस्त क्षेत्र रहेका बताउनुभयो ।

यस्तै आइतवार नै मस्कटमा आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानसँगको व्यापार सन्तुलनमा जोड दिँदै पर्याप्त प्रतिफल प्राप्त हुने पर्यटन, पूर्वाधार एवम् ऊर्जाका परियोजनाहरूमा लगानी गर्न ओमानी लगानीकर्तालाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: भदौ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया