सम्पत्ति विवरण बुझाउन र अनलाइन सफ्टवेयरमार्फत् जानकारी दिन अनुरोध, भदौ २८ गतेसम्मको म्याद

 साउन २, २०८१ बुधबार ९:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति विवरण बुझाउन ७ बुँदे सूचना जारी गरेको छ । मन्त्रालयले हिजो सूचना निकालेर आउँदो भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन भनेको हो ।

मन्त्रालयले निजामती, स्थायी शिक्षक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाहेकका पदाधिकारी र कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन र केन्द्रलाई अनलाइन सफ्टवेयर मार्फत् जानकारी दिन अनुरोध गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम सार्वजनिक पद धारण गरेका व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्नेछ भन्ने व्यवस्था छ ।

त्यसैअनुसार सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष तोकिएको ढाँचामा भरि बुझाउन भनिएको छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले तोकिएको समयभित्र सम्पत्ति विवरण नबुझाएमा कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाइने सूचनामा उल्लेख छ ।

 

अन्तिम अपडेट: असोज २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया