काठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो

 साउन २, २०८१ बुधबार १२:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट अस्ति आइतवार अन्तरिम आदेश आएपछि काम फेरि आजदेखि शुरु भएको हो । केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो ।

कालोपत्रसमेत काटेर काम शुरु गरिसकेको अवस्थामा सडक डिभिजन काठमाण्डौले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया