बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतवार विश्वासको मत लिने

 साउन २, २०८१ बुधबार १२:३३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आउँदाे आइतवार विश्वासको मत लिने हुनुभएको छ । उहाँले यही साउन ६ गते बस्ने प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची बनाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।

सत्ता गठबन्धन दलका नेतासँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने निर्णय गुर्नभएको हो । सङ्घीय सरकारमा समीकरण फेरिएसँगै प्रदेश सरकार अल्पमतमा परेको छ । कांग्रेस–एमालेको नयाँ समीकरण बनेपछि मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन अनुरोध गर्दै बाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीका लागि दाबी गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया