लुम्बिनी प्रदेशले सोधभर्नाको व्यवस्था हटाएपछि अस्पतालहरूले सेवा शुल्क लिन थाले

 साउन २, २०८१ बुधबार १३:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पतालहरूले बिरामीसँग सेवा शुल्क लिन थालेका छन् । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले साउन १ गते हिजोदेखि बिरामीसँग भर्ना शुल्क लिन थालेको छ ।

यसअघि भर्नादेखि बेड चार्जसम्म निःशुल्क थियो । तर हिजोदेखि अस्पतालले नयाँ बिरामी दर्ताका लागि २० रुपैयाँ, पुनः दर्ता गर्नुपरे १० रुपैयाँ, बिरामी भर्ना गर्नुपरे एक सय रुपैयाँ र बेडको चार्ज एक सय रुपैयाँ लिन शुरु गरेको हो ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पनि हिजो सार्वजनिक सूचनामार्फत सेवालाई सशुल्क गरिएकोबारे जानकारी दिएको छ । बुटवल अस्पतालमा ओपीडी सेवाका लागि भर्ना शुल्क ३० रुपैयाँ र पुनः दर्ताका लागि १५ रुपैयाँ र जनरल बेडका लागि सेवाग्राहीले प्रतिदिन ३० रुपैयाँ तिर्नुपर्ने नियम लागू गरेको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रशासन शाखाका प्रमुख रश्मिराज अधिकारीले यसअघि लुम्बिनी प्रदेश सरकारले अस्पतालाई दिँदै आएको सोधभर्ना रोकेपछि अस्पताल दुई वर्ष पहिलेकै व्यवस्थामा फर्किन बाध्य हुनुपरेको बताउनुभयो । गएको आर्थिक वर्षमा पनि अस्पतालले सोधभर्नाबापत पाउनुपर्ने ४८ लाख रुपैयाँ नपाएको उहाँँकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया