बाढी पहिरोले ७ वटा राजमार्गका १७ ठाउँमा पूर्ण अवरोध, १ सय ५२ ठाउँमा एकतर्फी गाडी चल्दै

 साउन २, २०८१ बुधबार १५:९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – बर्खायाम शुरु भएपछि बाढी र पहिरोले अवरोध पुर्‍याएका राजमार्गमध्ये १७ वटा अझै पनि पूर्णरूपमा अवरुद्ध रहेका छन् ।

सडक विभागका अनुसार बर्खायाम शुरु भएपछि दुई सय ९६ ठाउँको सडक अवरुद्ध भएकोमा सात वटा राजमार्गका १७ ठाउँको सडक अझै पूर्णरूपमा अवरुद्ध रहेका हुन् । एक सय ५२ ठाउँको सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको छ । एक सय २७ ठाउँको अवरोध भने पूर्णरूपमा हटाइएको छ ।

कोशी राजमार्ग सङ्खुवासभाको समाटारमा, डुम्रे–बेसीशहर–चामे सडक लमजुङको तिमाङमा, तानसेन–रिडी–कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोनामा, पुष्पलाल (मध्यपहाडी) राजमार्ग बाग्लुङको काउछे मनेवामा, तानसेन–रिडी–कोरला सडक बाग्लुङको दलव्याङ भीरमा सडक अवरुद्ध छ । त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बाग्लुङको बोक्सेमा सडक अवरुद्ध छ । तानसेन–रिडी–कोरला सडक गुल्मीको बर्दरे खोलामा पनि सडक अवरुद्ध रहेको विभागले जनाएको छ । सडक खुलाउने काम भइरहेको छ ।

अवरुद्ध नभएका सडकमा पनि कतिपय ठाउँमा जोखिमपूर्ण रहेकोले अत्यावश्यक नपरी यात्रा नगर्न र यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया