प्रधानमन्त्री ओलीले आइतवार विश्वासकाे मत लिने

 साउन २, २०८१ बुधबार १८:१४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आइतवार विश्वासको मत लिनु हुने भएको छ । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतवार विश्वासकाे मत लिन लाग्नुभएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

आइतवार नै प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधनसमेत गर्नुहुने छ । त्यसपछि उहाँले विश्वासको मत लिनुहुने छ । कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए ।

सहमतिअनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो । प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही व्यवस्थाअनुसार ओलीले आइतवार प्रतिनिधि सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

तस्बिर : ओलीकाे सचिवालय

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया