त्रिशूली नदीमा बगेका बस तथा थप यात्रु अझै भेटिएनन्

 साउन २, २०८१ बुधबार १८:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनकाे सिमलतालमा भएको बस दुर्घटनामा हराएकाहरूको खोजी आज पनि चलिरहेको छ ।

ध्वनि तरङ्गमार्फत पानीमुनि खोज्न सकिने प्रविधि सोनार डिभाइस, पानीमुनि हेर्न सकिने क्यामेरा लगायतको प्रयोग गरी खोजी भइरहेको भए पनि आज दिनभरमा बस तथा हराइरहेका व्यक्तिको थप शव नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

आज बिहानसम्म १७ जनाको शव भेटिएको छ । तीमध्ये नौ जनाको शवको पहिचान भएको छ । त्रिशूलीमा खसेर हराएका दुवै बस भेटिएका छैनन् । यात्रुहरूको शव पनि दुर्घटनास्थलभन्दा झन्डै एक सय किलोमिटर तलसम्म भेटिएका हुन् ।

पहिरोले त्रिशूलीमा खसालेका दुई वटा बसमा गरी ६५ जना यात्रु चढेका विवरण प्राप्त भएको छ । उनीहरूमध्ये तीन जनाले ज्यान जोगाउन सफल भएका थिए । चितवनका होटल व्यवसायीहरूले बस दुर्घटनामा आफन्त गुमाएका परिवारजनलाई अहिले निःशुल्क बस्न र खान सुविधा दिएको बताएका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया