जाजरकोटमा पहिरोमा परेर घाइते भएका ४ जना भूकम्प पीडितको हेलिकप्टरमार्फत उद्धार

 साउन २, २०८१ बुधबार १८:१७:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

जाजरकाेट – जाजरकोटमा पहिरोमा परेर घाइते भएका चार जना भूकम्प पीडितको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गएराति कुशे गाउँपालिका वडा नम्बर ८ को दल्लेनामा पहिरो जाँदा एकै परिवारका चार जना घाइते भएका थिए ।

पहिरोमा परेर गम्भीर घाइते भएकाहरूको उद्धार गरी थप उपचारका लागि आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।

घाइते हुनेहरूमा कुशे गाउँपालिका–८ दल्लेनाका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उहाँकी चार वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया थापा रहेका छन् । गएराति झन्डै ८ बजे गएको पहिरोमा परेर उनीहरू घाइते भएका हुन् ।

गएको वर्षकाे कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्काएपछि उनीहरू टहरामा बस्दै आएका थिए ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया