कृषि मन्त्रालयका कर्मचारीकाे धर्ना स्थगित

 साउन २, २०८१ बुधबार १८:३०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रवेशद्वारमा गएको असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगित भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले १५ दिनभित्र समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।

कृषि मन्त्रालय मातहतका तीन सय जनाभन्दा धेरै प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए । कर्मचारीहरूले मन्त्रीलाई १५ दिनको समय दिएको र त्यसभित्र समस्या समाधानको प्रयास नभएमा पुनः आन्दोलन गर्ने बताएका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया