चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरे

 साउन २, २०८१ बुधबार १८:२४:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् ।

आज दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले रोकेका थिए । पछि सुरक्षाका लागि प्रहरी घटनास्थल पुगेपछि स्थानीयले प्रहरीकै अगाडि आगजनी गरेका हुन् । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ ।

रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको बताएपछि गाडी रोकेको रेलमार्ग पीडित सङ्घर्ष समितिका सचिव दिव्य नेपालले जानकारी दिनुभयो । सचिव नेपालका अनुसार टोलीले हिजो भरतपुर महानगरपालिका वडा नम्बर ८ मा सर्भे गरेको थियो । आज वडा नम्बर ७ मा सर्भे गर्दागर्दै झन्डै तीन सय जना स्थानीय भेला भएर रोकेका हुन् ।

पूर्व–पश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीयले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

यसअघि भरतपुर महानगरपालिकाको पहलमा सङ्घर्ष समिति र रेल विभाग तथा अन्य सरकारी निकायका बीचमा छलफल गरिएको थियो । त्यस बेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि स्थानीय सशङ्कित बनेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया