रुकुममा बाढीपहिराे प्रभावितलाई  राहत दिइने

 साउन ३, २०८१ बिहीबार १३:४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

रुकुमपश्चिममा अविरल बर्षाको कारण आएको बाढीपहिराेमा परेर ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायता दिने निर्णय भएको छ । जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको बैठकले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिका दुई लाख रुपैया राहत दिने निर्णय भएको हो । यस्तै घाइते भएकाहरुलाई उपचार खर्च वापत उपचार गर्न अस्पताल लैजादाको यातायात खर्च मापदण्ड बमोजिम दिने निर्णय भएको छ ।

अस्ति मंगलवार बिहान बाढीपहिराेमा परेर आठबिसकोट नगरपालिका –१२ झिन्चौरमा तीन बालिकाको ज्यान गएको थियो । यो घटनामा परेर ९ जना घाईते भएका थिए । यही घटनामा परेर वडा नम्बर १२ का ३८ वर्षिय डिल्ली बुढाथोकी अझैसम्म बेपत्ता हुनुभएको छ । 

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया