इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरु हुँदै

 साउन ३, २०८१ बिहीबार १५:२१:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो टेस्ट क्रिकेट आजदेखि शुरु हुँदैछ । यो खेल अहिले दिउँसो पौने ४ बजेदेखि नोटङ्घमको ट्रेन्ट ब्रिजमा शुरु हुनेछ । इङ्गल्यान्डका स्टार बलर जेम्स एन्डरसनले सन्न्यास लिएसँगै यो खेलमा मार्क वूडलाई प्लेइङ इलेभनमा राखिएको छ ।

यसअघि भएको पहिलो टेस्टमा घरेलु टोली इङ्गल्यान्ड एक पारी र एक सय १४ रनले विजयी भएको थियो । दोस्रो पारीमा वेस्ट इन्डिज १ सय ३६ रनमा अलआउट भएपछि इङ्गल्यान्डले तेस्रो दिन नै खेल जितेकाे थियाे ।

प्लेइङ इलेभनमा जेम्स एन्डरसन वा स्टुअर्ट ब्रोड विनाको सन् २०१२ पछि इङ्गल्यान्डको यो पहिलो घरेलु टेस्ट हुनेछ । पछिल्लो पटक इङ्गल्यान्डले स्टुअर्ट ब्रोड विना नटिङ्घममा सन् २००६ मा खेलेको थियो ।

इङ्गल्यान्डले ट्रेन्ट ब्रिजमा वेस्ट इन्डिजलाई सन् २०१२ मा एक पटक मात्र हराएको छ । यस्तै वेस्ट इन्डिजले यहाँ चार टेस्ट जितेको छ भने चार टेस्ट बराबरीमा टुङ्गिएको छ । वेस्ट इन्डिजले पछिल्लो पटक सन् १९९१ मा जितेको थियो ।

इङ्गल्यान्ड र वेस्ट इन्डिजबीचको अन्तिम टेस्ट आउँदो जुलाई २६ देखि बर्मिङ्घमको एजबस्टनमा शुरु हुनेछ ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया