वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन

 साउन ३, २०८१ बिहीबार १५:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षकाे उमेरमा निधन भएको छ । उहाँको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठ नेपालको प्रसिद्ध र विलासी द्वारिकाज होटेलकी सञ्चालक हुनुहुन्थ्यो । यस्तै स्वर्गीय श्रेष्ठ पर्यटन, सञ्चारमाध्यम र सांस्कृतिक सम्पदा संरक्षणलगायतका क्षेत्रमा हुनुहुन्थ्यो ।

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन व्यवसायमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँका दुई छोरी हुनुहुन्छ । उहाँको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले देशको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएकी श्रेष्ठको निधनबाट यस क्षेत्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएकाे छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया