मुग्लिन–काठमाण्डौ सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफा वरीयतामा स्पेनले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार स्पेन पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेको छ । स्पेन यसअघि आठौँ स्थानमा थियो ।
यस्तै फिफा वरीयतामा भेनेजुएला एकैपटक १७ स्थान माथि उक्लिएको छ । यसअघि ५४ औँ स्थानमा रहेको भेनेजुएला १७ स्थान माथि उक्लिँदै ३७ औँ स्थानमा आइपुगेको हो । वरीयतामा चेक रिपब्लिक एकैपटक १३ स्थान तल झरेको छ । यसअघि ३४ औँ स्थानमा रहेको चेक रिपब्लिक १३ स्थान तल झर्दै ४७ औँ स्थानमा पुगेको छ ।
नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष र फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । यस्तै इङ्गल्यान्ड एक स्थान सुधार गर्दै चौथौ स्थानमा उक्लिँदा ब्राजिल एक स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको छ । वरीयतामा नेपाल एक सय ७५ औँ स्थानमा यथावत् छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।