गाैरवपूर्ण इतिहास भए पनि अहिले देशको अवस्था सन्तोषजनक छैन : प्रधानमन्त्री ओली

‘३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ?’

 साउन ३, २०८१ बिहीबार १८:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशको अवस्था सन्तोषजनक नरहेको बताउनुभएको छ ।

इन्जिनियर दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताउनुभयो । देशलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो । तर अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको उहाँकाे भनाइ छ ।

‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ । यसमा कुनै शङ्का नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले इन्जिनियरहरूको न्यूनतम तलब सुनेर अचम्मित हुनुभएको छ । सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ? भनेर प्रश्न गर्नुभएको छ । अहिलेको बजार भाउअनुसार मासिक ३७ हजार रुपैयाँ न्यूनतम तलब साह्रै थोरै भएको भन्दै उहाँले इन्जिनियरहरूको मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ ।

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया