दाङमा सर्पकाे डसाइबाट एक जनाकाे ज्यान गयाे

 साउन ३, २०८१ बिहीबार १८:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ – दाङमा सर्पको डसाइबाट एक जनाको ज्यान गएको छ । सर्पकाे डसाइबाट राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकायाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रोकायलाई आफ्नै घरको कोठामा सुतिरहेको समयमा हिजो बेलुकी सर्पले डसेको थियो । गढवाको सर्पदंश केन्द्रमा सामान्य उपचारपछि घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र प्रतिष्ठानमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया