प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा

 साउन ४, २०८१ शुक्रबार ६:२७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र विकास सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को हिजोको बैठकले उनीहरूलाई प्रधानमन्त्रीको सल्लाहकारमा नियुक्त गरेको हो ।

एमालेका उप–महासचिवसमेत रहेका रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा मुख्य राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । ओली प्रधानमन्त्री नभएको बेलामा पनि रिमालले उहाँको राजनीतिक र प्राविधिक कामहरूको व्यवस्थापन गर्दै आउनुभएको थियो । रिमाल जिफन्टको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै पूर्व गभर्नर एवम् राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष समेत रहेका खतिवडा ओलीको यसअघिको कार्यकालमा अर्थमन्त्री हुनुहुन्थ्यो । अर्थमन्त्रीबाट हटेपछि उहाँ अमेरिकाका लागि राजदूत नियुक्त हुनुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया