मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तार : कांग्रेसका ४ र लोसपाका १ मन्त्रीले लिए शपथ

 साउन ४, २०८१ शुक्रबार ६:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाँले हिजो नेपाली कांग्रेसका सुनिल यादवलाई अर्थमन्त्री, जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेषनारायण यादवलाई ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर रायलाई श्रम तथा यातायातमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी भएको छ । लोसपाबाट प्रमुख सचेतक रानी शर्मा तिवारी शिक्षा तथा संस्कृतिमन्त्री नियुक्त हुनुभएको छ । यसअघि यो मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हाल्नुभएको थियो । उहाँलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नवनियुक्त मन्त्रीहरुले हिजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया