२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित

 साउन ४, २०८१ शुक्रबार ७:१३:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

२० वर्षमुनिको काभा महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । माल्दिभ्सको मालेमा चलिरहेको प्रतियोगिताको पहिलो दिन नेपालले श्रीलङ्कासँग ३–१ को सेटमा हारेको हो ।

यसअघि हिजो शुरु भएको प्रतियोगिताको पहिलो खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो । अङ्क तालिकामा कीर्गिस्तान र श्रीलङ्काको ३–३ अङ्क भएको छ । नेपाल र माल्दिभ्सले खाता खोलेका छैनन् ।

नेपालले आज दोस्रो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । भोलि अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ । सेमिफाइनलमा अङ्क तालिकाको पहिलो र चौथो टोली तथा दोस्रो र तेस्रो टोली खेल्नेछन् । प्रतियोगिताको फाईनल खेल ८ गते मङ्गलवार हुनेछ । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया