अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा

 साउन ४, २०८१ शुक्रबार ८:३७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा तानिनुभएको छ।

आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उहाँ विवादमा तानिनुभएको हो । डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ।

आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गरेको पत्र अहिले सार्वजनिक भएको हो । विशिष्ट व्यक्तिहरुलाई विदेश जानुपरेमा भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउँछ ।

उपसभामुखको हकमा संसद् सचिवालय हुँदै परराष्ट्रबाट सबै काम हुने गर्छ । तर, उपसभामुख रानाले भने सिधैँ आफैँ पत्र लेख्नुभएको हो । पत्र सार्वजनिक भएसँगै उहाँको चर्को आलोचना भइरहेको छ ।

राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बन्नुभएको हो । 

 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया